दमक/ झापाको दमकमा दोश्रो चरणको कोरोना संक्रमण ह्वात्तै बढेको छ । चैत्रको अन्तिम सातादेखि शुरु भएको दोश्रो चरणको संक्रमण वैशाखाको दोश्रो साता सम्ममा डरलाग्दो रुपमा बढेको स्वास्थ्यकर्मीहरुको बुझाई छ ।
दमकमा बिहिबार बिहान सम्ममा एक जना जनप्रतिनिधि र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित ४९ जना संक्रमित भएका छन । यसमा पछिल्लो समय थपिएका संक्रमितहरुको विवरण समावेश छैन ।
कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा अग्रपंक्तिमा देखिएका नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराई भन्छन– संक्रमण भुसमा आगो सल्किएझैं बढेको । दमकमा पछिल्लो समय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिना, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटासहित सर्वसाधारणहरु ४९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये एक जनाको मृत्यु भएको र ३ जना निको भएका छन । यो तथ्याङलाई हेर्दा निको हुने भन्दा थपिनेको संख्या उच्च देखिन्छ । कोरोना संक्रमणको दोश्रो लहरमा एकै परिवारका पाँच जना सम्म संक्रमित भएको तथ्याङक दमकमा छ । दमकको ५ नम्बर वडा सबैभन्दा संक्रमित भएको वडा हो भने वडा नं ३ र ९ नम्बर वडामा अहिले सम्म दोश्रो लहरको कोरोना देखिएको छैन ।