दमक/ पूर्व पश्चिम राजमार्गबाट ५० मिटर नजिकै झापाको दमक ९ स्थित चियाबगानमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको प्रहरीले जनाएको छ । आज बिहान देखिएको सो शंकास्पद बस्तु रंगको बट्टामा ढुंगा हालेर राखेको पाइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । उनले भने– त्यो शंकास्पद बस्तुमा बारुदजन्य केही नभेटिएकाले त्यसलाई बम भन्न मिल्दैन । रंगको बट्टामा , ढुंगा हालेर राखिएको रहेछ, झुक्याउने वा तर्साउने उद्धेश्य मात्रै देखियो ।
यस अघि सो बस्तु तार जोडेर बमको स्वरुपमा राखिएको जानकारी आएको थियो । त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर बम नरहेको निक्र्यौल गरेको डिएसपी कार्कीले बताए ।