दमक/ मोरङको धनपालथान ५ दादरबैरियामा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भित्री पक्कि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरको को १४ प ५१९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चालक अन्दाजी २२ बर्षिय सन्तोष सरदारको मृत्यु भएको हो ।
हिजो दिउँसो भएको दुर्घटनामा घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ हात्तीमारास्थित भित्रि कच्चि सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जाने बाटो निर्माणमा रहेको अनटेष्ट ग्रेडरले ब्याक गर्ने क्रममा आफ्नै घर अगाडी बाटोमा ढुङ्गा टिप्दै गरेका ८२ बर्षिय धन बहादुर राना मगरलाई ठक्कर दिएर घाईते बनाएको हो । उनको अवस्था गम्भिर भएकाले बिएण्डसी अस्पताल विर्तामोड लगिएको छ ।
ग्रेडर चालक ईटहरी उपमहानगरपालिका वडा नम्बर १६ पडरियाका २६ बर्षिय बिक्रम बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments Box