काँकरभिट्टा/  भारतबाट नेपाल आउने भारतीयहरुलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाईएको छ ।

आजैबाट भारतबाट नेपाल आउने भारतीयहरुलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाईएको हो ।

नेपालमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले नेपाल आउने भारतीयहरुलाई आजैबाट काँकरभिट्टा नाका प्रवेशमा रोक लगाईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहालले बताए ।

‘काँकरभिट्टा सीमा नाका हुँदै नेपाल आउने भारतीयहरुलाई प्रवेशमा रोक लगाईएको छ’, डीएसपी दाहालले भने–‘भारतबाट आउने नेपालीहरुलाई पीसीआर टेष्टको रिपोर्ट हेरेर छोड्ने गरिएको छ । नेपालबाट भारत जानेहरुलाई पनि परिचय पत्र देखाएर छाडिन्छ ।’

झापामा कोरानाको संक्रमण धेरै बढ्न थालेपछि सीमा नाकामा कडाई गरिएको छ । नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारण कम भएकाले काँकरभिट्टा नाका प्रायः ठप्प भएको छ । लोकतन्त्रपोस्टबाट साभार 

Facebook Comments Box