दमक/सरकारले कोरोनाका सक्रिय संक्रमित संख्या पहाडी जिल्लामा २०० र तराईमा ५०० नाघेको अवस्थामा लकडाउन गर्न सकिने निर्णय गरेको छ । पूर्व निर्धारित समय भन्दा एक घण्टा ढिलो गरि सोमबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकले सक्रिय संक्रमितको संख्याका आधारमा स्थानीय प्रशासनबाट निषेधाज्ञा जारी गर्न सकिने व्यवस्था सहितको निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गर्दै आन्तरिक उडान भने सूचारु राखिने निर्णय लिएको छ ।
सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो । त्यसका बाबजुद आन्तरिक उडान सुचारु राख्ने निर्णय भएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ । यससंगै अब सबै किसिमका परीक्षा र सबै बिद्यालय बन्द हुनेछन ।

 

 

 

Facebook Comments Box