पछिल्लो समय देशैभर कोरोना भाइरसको संक्रमण ( जसलाई कोरोनाको दोश्रो लहर भनिएको छ ) तिब्र रुपमा बढेको छ । छिमेकी मुलुक भारतमा दैनिक २ हजारको हाराहारीमा यो संक्रमणबाट मृत्यु भइरहँदा त्यसको प्रभाव नेपालमा छिटफुट रुपमा मात्रै देखिएको भन्न सकिने अवस्था छ ।
तर संक्रमणको दर यहि गतिमा फैलियो भने भारतमा भइरहेको परिस्थिती हामी नेपालीले ब्यहोर्नु नपर्ला भन्न सकिन्न । कोरोनाको त्रास ठिक एक बर्ष अघि जुन रुपमा थियो त्यो विस्तारै घटदो गतिमा रहयो । तर अहिले ठिक एक बर्ष पछि पुनः उही गतिमा अझ विनाशकारी रुप लिएर कोरोनाले हामी नेपालीको घर आँगनमा डेरा जमाइसकेको छ । कोरोना संक्रमणको दर उच्च भइरहेका बेला टेकु अस्पताल काठमाडौंका निर्देशक डा. राजभण्डारीले काठमाडौंको सडकमै राखेर कोभिडका बिरामीको उपचार गर्नुपर्ने दिन आएको उल्लेख गर्नुभएपछि देशैभर स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरुले गम्भिर चिन्ता ब्यक्त गरिरहेका छन । उनीहरु भनिरहेका छन – अक्सिजन र औषधिले धान्ने स्थिति छैन । एक हप्ताभित्र सडकबाट उपचार सेवा सुरु हुन्छ ।
जसलाई अक्सिजन चाहिन्छ । बाहिरबाटै अक्सिजन दिँदै पठाउँदै गर्नुको विकल्प छैन’, उनी भन्छन्, ‘हेल्चेक्य्राइँ धेरै भयो । कन्ट्रोल गर्नै सकिएन । नयाँ भेरियन्ट छिटो फैलिएको छ । हामी आत्तिएका छौँ ।’ दमकमा लामो समय देखि स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील डा. नविन ढकालले पनि केही दिन अघि सार्वजनिक रुपमा आफनो फेसबुक वालमा लेख्नु भयो । आम्दा अस्पतालमा मेसुको जिम्मेवारी सम्हालिसकेका क्रियाशील एक अनुभवी चिकित्सकले सार्वजनिक रुपमा राख्नु भएको चिन्ताले पक्कै पनि भोलीका दिन हाम्रो लागि पक्कै पनि सुखद हुन सक्दैनन भन्ने संकेत गरिसकेको छ ।

यही परिस्थितीमा नेपाल चिकित्सक संघले आज ( १३ वैशाख) मा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकालनै लगाउनु पर्ने सुझाव दिइसकेको छ ।
संघको कार्यालयमा विज्ञहरुसँगको छलफलपछि संघले स्वास्थ्य संकटकाल लगाउनेदेखि १८ बुँदे सुझाव सरकार समक्ष राखेको छ । संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै ति जिल्लाहरुमा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न भनिसकेको छ । संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुसंग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परिक्षणलाई बन्द गरेर सम्पूर्ण ध्यान कोभिड–१९ को उपचारमा लगाउन सुझाव राखेको छ ।
अस्पतालमा बेड अक्सिजन र एचडियुको संख्या थपेर उपचार व्यवस्थित र भरपर्दिलो बनाउनु पर्ने संघको मागलाई सरकारले सकारात्मक रुपमा ग्रहण गर्नु अहिलेको आवश्यकता हो ।

काठमाडौं दुई दिनमा होला त खाली ?
संक्रमण बढेसंगै सरकारले बढी जनघनत्व रहेको काठमाडौंमा अन्यत्रबाट विभिन्न कामका सिलसिलामा आएर बसेका सर्वसाधारणलाई घर घर फर्किन २ दिनको समय सीमा दिएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने तयारी स्वरुप घर फर्किनु पर्ने अवस्थाका सबै नागरिकका लागि २ दिनको समय दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार साँझ जारी गरेको आदेश अनुसार सार्वजनिक यातायात सञ्चालनमा समेत रोक लगाइएको छ ।

के गर्न पाइने, के गर्न नपाइने ?

१. सभा सम्मेलनको हकमा

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने। विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने।

२. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा
– सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८÷०१÷१६ गते विहान ६ः०० बजे देखी मिति २०७८÷०१÷२२ गते राती १२ः०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने ।

– अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

– अत्यावश्यक सेवाहरु जस्तै एम्वुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने ।

– सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने ।

– विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने ।

– अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने ।
माथि उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्ने ।

३. अत्यावश्यक खाद्य सामग्रीको हकमा

– खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्ने ।
– डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्ने ।

– खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने ।
४. नेपाल सरकारका कर्मचारी, वैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।

५. संचारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने ।

६. काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा वस्नु पर्ने ।

७. अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने ।

 

Facebook Comments Box