दमक/झापाको गौरीगञ्ज १ माहाभाराका सामाजिक तथा राजनीतिक व्यक्तित्व पर्शुराम काफले ( अर्जुन) लाई मातृ शोक परेको छ । नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य समेत रहेका काफले स्थानीय बाल कल्याण मावि सञ्चालक समितिका पूर्व अध्यक्ष र साना किसान कृषि सहकारी संस्था लि. माहाभाराका समेत पूर्व अध्यक्ष हुन ।

काफलेकी आमा पवित्रामाया काफलेको ९२ बर्षको उमेरमा आज सोमबार बिहान ७ बजे निजी निवास गौरीगञ्ज १ साविक महाभारामा निधन भएको हो । उनको आजनै स्थानीय कन्काई घाटमा अन्त्येष्टी गरिएको छ ।