दमक/ मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेर तिब्र गतिमा सवारी चलाउँदा झापाको विर्तामोडमा एक युवतीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड २ रामचौकमा पुर्ववाट पश्चिम तर्फ आउदै गरेको मे.१० प ५५२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार २७ बर्षिया सुसना राईको मृत्यु भएको हो । उनको विर्ता सिटी अस्पतालमा गएराती सवा ८ बजे मृत्यु भएको जनाइएको छ ।
अर्जुनधारा २ का ३० बर्षिय सन्तोष थापाले मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण सो दुर्घटना भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box