दमक/ झापाका पुराना राजनीतिज्ञ एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य दिलिप वान्तवा राईलाई पत्नी शोक परेको छ ।
कमल ५ मंगलबारे निवासी राईकी धर्मपत्नी इन्द्रकला राईको गएराती अकस्मात निधन भएको हो ।
हिजो साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि विएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको नेपाली कांग्रेसका लखनपुर सचिव देवी आङदेम्बेले जानकारी दिए । उनको आज बिहान ११ बजे सितापुरीस्थित नर्सरीमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । मृतक इन्द्रकलाका एक छोरा र एक छोरी छन ।
