दमक/ घरको टयुबेलमा जडान गरिएको मोटरबाट करेन्ट लाग्दा दमक २ त्रिवेणी टोलकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार दमक २ त्रिवेणीटोलकी १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उनको दमकस्थित एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यसैगरी ईलाम सुर्योदय नगरपालिका – ५ गोरखका २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही ठाउँमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको फिक्कल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।