दमक / किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको १० औं नगर अधिबेशनले पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
दमक ७ स्थित रायालि किरात भवनमा चुम्लुङका केन्द्रिय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अध्यक्ष चेम्जोङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ओममाया शेर्मा(आङदेम्बे), सचिब सुक बहादुर सोदेम्बा, सह–सचिव चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सङबाङफे निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः रमा केरुङ (सेर्मा), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती) र गंगा सुब्बा चयन भएका छन् ।