ताप्लेजुङ/ ताप्लेजुङ मेरिङदेन गाउँपालिका वडा नं २ जिदिमाका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानेर एक जना शिक्षकको हत्या गरेका छन । उनले सोही ठाउँका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका हुन् ।
उनी स्थानीय जालपा देवी आधारभुत बिद्यालयमा कार्यरत शिक्षक भएको बताइएको छ । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थलबाट अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्याको कारण भने तत्काल नखुलेको प्रहरी कार्यालयले जनाएको छ ।