दमक/ मोरङका छुट्टा छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउँसो ११ बजे केराबारी ८ स्थित जंगलमा को१त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँका ५० बर्षीय नरेश कुमार सोडारी गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेका ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यस्तै आज दिउँसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने–केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को१ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स३प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डाँगिहाटका २६ बर्षीय सुरेश कुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग बस्दै आएका ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भएका छन । उनको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

Facebook Comments Box