दमक/ लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङचुम्लुङ दमक नगर समितिले आजपत्रकारितासहितविभिन्न क्षेत्रकाव्यक्तिलाई सम्मान गरेको छ ।

चुम्लुङ दमकको दशौं अधिबेशनको उद्घाटनका अवसरमा आज शुक्रबार नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका पत्रकार बिष्णु सुब्बासहित चुम्लुङ अभियानमा महत्वपूर्ण योगदान पुरयाँउने एक दर्जन बढी व्यक्तिलाई सम्मान गरेको हो ।
किरात भवनमा आयोजित कार्यक्रममा पत्रकार सुब्बासहित चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा, गुमानसिंह सम्बाहाम्फे, सञ्चार उद्यमीका तर्फवाट सप्तरङी एमएमका अध्यक्ष मेहरमान लिङदेन, साहित्यकारका तर्फवाट सेसेमी नाल्वो ,व्यवसायीहरुतर्फ श्रीजंगा टे«र्डसका सञ्चालकवर्त सुब्बा, विक्रम थाङदेन, निङवाहाङ थेवे र व्यवसायी मनप्रसाद योङहाङलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो, केन्द्रीय सल्लाहकार जितबहादुर लावती, केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ लगायतले दोसल्ला, सम्मानपत्रले सम्मानित गरेका थिए ।
त्यस्तै, सोहि अवसरमा चुम्लुङले दमकबाट स्नाकोत्तर गर्ने चार जनालिम्बू विद्यार्थीहरु, ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो । स्नाकोत्तर अध्ययन पूरा गरेका यूरोपराजफागो,विवस तुम्बापो,गुरासीतुम्बापो र विभेक फागोलाई सम्मनप्रदान गरिएको हो ।
यस्तै , दमकका १० वटै वडाबाट ७महिला र ७पुरुष गरि १४ जना ज्येष्ठ लिम्बु अभिभावकहरुलाई दिर्घजीवनको कामना गरि सम्मान गरिएको थियो ।
चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जा्ुङको अध्यक्षतामाभएको अधिबेशन उद्घाटनमा विभिन्नजातिय संस्थाकाप्रतिनिधि,लिम्बू समुदायकाअग्रजहरुले शुभकामनामन्तय राखेका थिए ।
अधिबेशनले आगामीतीनबर्षका लागिनयाँ नेतृत्व समेत चयन गरिने जनाईएको छ ।