झापा। बैशाख-९ गते
झापा कमल ५ सितापुरीका ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे उनी बुबासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको बेला रुखको हागा भाचिएर लाग्दा गम्भिर घाईते भएकि उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।