झापा/ बैशाख-८
झापाको मेची नगरपालिका १३ चारआली चौकस्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । गएराती पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल चालक मोरङ पथरी शनिस्चरे ९ का २१ बर्षीय प्रवेश बयलकोटीको मृत्यु भएको हो । दुर्घटनामा घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड लगिएकोमा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।