दमकका बिध्यालय १४ गते सम्म बन्द

Author Nishkarsha News
२०७८ बैशाख ७, मंगलवार १९:४०

दमक । सरकारले हिजो गरेको निर्णय बिपरित आज मङलबार दमकका बिध्यालयहरु खुलेपछि स्थानीय सरकारले बैशाख १४ सम्म बिध्यालय नखोल्न भनेको छ ।  नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर गरि आज जारी गरिएको सुचनामा त्यस्तो उल्लेख गरिएको हो । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाईरसका कारण भारतमा दैनिक ज्यान गुमाउनेको संख्या बढदै गएको र नेपालमा समेत यसको असर देखिएकाले सरकारले बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै तत्काल बढी जनघनत्व भएका शहरहरुमा संचालित बिध्यालय बन्द गर्ने निर्णय गरेको थियो । निजी बिध्यालयका संचालक तथा कतिपय अभिभावकहरु भने सरकारको यो निर्णय अब्यवहारिक र अबैग्यानिक रहेको भन्दै असन्तुष्ट छ्न ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्