दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईटहरी ६ हिरा होटल मोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशामा जाँदै गरेको को ३३ प २५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक बिरेन्द्र चौधरी गम्भिर घाइते भएका थिए । उनको धरानमा उपचारको क्रममा गएराती ( शनिबार) करिब ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी शिवसताक्षी ८ स्थित भित्रि सडक खण्डमा दक्षिणवाट उत्तर तर्फ आउदै गरेको बा.३८ प. ५९३६ को मोटरसाइकल आफै अनियन्त्रित भई भएको दुर्घटनामा एकै परिवारका चार जना घाईते भएका छन । मोटरसाइकल चालक इटहरी उपमनपा ६ का ३५ बर्षिय जगत राई , श्रीमती ३ बर्षिया कमला राई , ७ बर्षिय निर्जल राई र ४ बर्षिय सोघन राई घाईते भएका हुन । उनीहरुको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।