इटहरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका ४ धनपुरीका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे सोही ठाउँमा चतराबाट झुम्का तर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।