दमक/ मोरङको सुन्दरहरैंचा –४ बडहरास्थित भित्रि कच्ची सडकखण्डमा टयाक्टरको ठक्करबाट पाँच बर्षिय एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २ त ३३९६ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका स्थानीय प्रेम ऋषिदेवका छोरा आदित्य ऋषिदेवलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको हो ।
हिजो बिहिबार गछियाबाट ४ किमि दक्षिणमा भएको दुर्घटना गराउने ट्रयाक्टरका चालक फरार भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  त्यसैगरी धनपालथान ६ दादरबेरियास्थित भुटानी चोकमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको को ७ प ३७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक २० बर्षिय कैलाश राय गम्भिर घाईते भएका छन । उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

 

Facebook Comments Box