दमक / झापाको शिवसताक्षी ६ ले नयाँ बर्ष २०७८ ज्येष्ठ नागरिकहरुसग मनाएको छ । वडामा रहेका ज्येष्ठ नागरिकहरुसग शुभकामना आदनप्रदान, चियापान तथा स्वास्थ्य परिक्षण गरेर वडाले नयाँ बर्षको शुरुआत गरेको हो ।

बुधबार पहिलो दिन किसान गाउँका करिब १०० जना बृद्धबृदाको टोलमै पुगेर स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष्य मनोज खुलाल कार्कीले जानकारी दिए । यो क्रम वडाका अन्य दुई टोलमा समेत गरिने कार्कीले बताए । स्वास्थ्य परिक्षणका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड का डा सुदिप भट्टराई र प्राथमिक स्वास्थ केन्द्र शिवगन्जका स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राबिधिक हरु फिल्डमा खटिएका थिए । सो कार्यक्रममा जेष्ठ नागरिक संघ वडा समिति र प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जको सहयोग रहेको थियो ।
