इटहरी/ ईटहरी १ आपगाछी चौकमा आज दिउँसो ट्रिफरले एक जना बृद्धको ज्यान लिएको छ । ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लाग्दा पैदल यात्री स्थानीय ७२ बर्षिय पूर्ण बहादुर गुरुङको मृत्यु भएको हो ।
आज दिउँसो सवा २ बजे सडक किनारमा रोकी राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिदा घट्नास्थलमानै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।