दमक/ बिर्तामोड नगरपालिका वडा नं ६ बुट्टाबारीस्थित पुर्व–पश्चिम राजमार्गमा आज आइतबार बिहान ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारीका ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको हो ।
पुर्व तर्फ जादै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोक्किदा मोटरसाईकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका चौधरीको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।