दमक/ मोरङको जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने सिलिसिलामा स्काईभेटर चालकको मृत्यु भएको छ । स्काईभेटरका चालक ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे २ बजे स्काईभेटरमा तेल हालेर स्काईभेटरका अप्रेटर तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्केर घाईते भएका थिए । उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
त्यसैगरी मोरङ केराबारी गाउँपालिका ८ आमजुङीकी ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १ बजे खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागेर नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागेका लिम्बुलाई ढुंगाले किच्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Facebook Comments Box