दमक/ झापामा नेपाल पूँजीबजार लगानीकर्ता संघ गठन भएको छ ।  दमकमा आज शुक्रबार भएको कार्यक्रममा कृष्ण कार्कीको अध्यक्षतामा जिल्लास्तरिय संघ गठन भएको जानकारी गराइएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य तथा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको अध्यक्षतामा नेपाल पूँजीबजार लगानीकर्ता संघ झापा जिल्ला कार्यसमिति गठन गरिएको हो ।


नव गठित संघको अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्षमा दिपेश प्रसाई, महासचिवमा रमेश लुइँटेल, कोषाध्यक्षमा हेमराज घिमिरे,सचिबमा राहुल साह र सदस्यहरुमा निरज आचार्य, दुर्गा प्रसाई, सरिता कटुवाल,अम्बर बहादुर चौहान, सन्तोष राई, चुडामणी खतिवडा, नेत्र प्रसाद लुइटेल , विवेक नेपाल चयन भएका छन् । कार्य समिति घोषणा सभामा दमक उद्योग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, दमक बैंकर्स संघका अध्यक्ष राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
संघ गठनसंगै सेयर बजार सम्बन्धी आधारभूत तालिम पनि दमकमा सम्पन्न भएको छ । नेपाल पूँजीबबजार लगानीकर्ता संघ प्रदेश एकको आयोजना तथा दमक जेसीजको सहयोगमा भएको तालिमलाई नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकका संयोजक सुबासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा शेयर कारोबार गर्दा ध्यान दिनु पर्ने आधारभूत कुराहरू बारेमा जानकारी गराइएको थियो । तालिममा ५० बढी नयाँ लगानी कर्ताको उपस्थीत रहेको थियो । तालिममा नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रिय अध्यक्ष राधा पोख्रेल संग प्रशिक्षार्थीहरुले अन्तरक्रिया गरेका थिए ।

 

Facebook Comments Box