चोरीका आरोपित दमकका युवक इटहरीमा समातिए

Author Nishkarsha News
२०७७ चैत्र २६, बिहीबार २०:४५

दमक/ ईटहरीका बिभिन्न ठाउँमा भएका श्रृङखलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा दमकका एक युवक पक्राउ परेका छन ।

  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा दमकको साविक वडा नं १२ घर भई मोरङको केरावारी गाउँपालिका– ९ मा बस्दै आएका ३० बर्षीय बिजु मोते रहेका छन् ।  बिगत केही महिना देखि ईटहरीका बिभिन्न स्थानहरुमा दिन दहाडै भइरहेको चोरीका घटनामा संलग्नको खोजतलासका क्रममा प्रहरी टोलीले सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गरेर मोतेलाई पक्राउ गरेको जनाइएको छ । चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साढे ८ बजे ईटहरीबाट पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्