दमक/ झापाको गौरादह ७ ग्वालडुब्बामा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा विर्तामोडका एक युवक घाईते भएका छन । पाडाजुँगी गौरीगञ्ज सडक खण्डमा को.१५ प ५६७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ ना.१क ६५८६ नम्बरको टिपरको अगाडी भागमा ठोक्किदा विर्तामोड ३ का अनिल प्रसाद साह घाईते भएका हुन ।
आज दिउँसो भएको सो दुर्घटनाका घाईते साहको दमकमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । टिपर चालक नारायण कुश्वार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कनकाई ९ घैलाडुब्बास्थित भित्री सडक खण्डमा उत्तरवाट दक्षिण तर्फ गरेको प्र १–०२–०४४ प ७२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी बक्लौरी गा.पा. वडा नं. २ का ५० बर्षिय कुल बहादुर अधिकारी घाईते भएका छन । उनको विर्तामोडमा उपचार भइरहेको छ ।