दमक/ झापा क्षेत्र नं ५ मा सशक्त उपस्थिती जनाउँदै आएको राप्रपाले पार्टीको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।
राप्रपा क्षेत्रीय अध्यक्ष बिजय बरालको अध्यक्षता र प्रदेश नं १ का अध्यक्ष राम थापाको प्रमुख आतिथ्यमा कमलमा सम्पन्न क्षेत्रीय अधिवेशनले भिम प्रसाद पौडेलको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ ।
क्षेत्रीय समितिका सदस्यहरुमा टंक बहादुर कार्की, पोषराज भट्टराई, तारा बुढाथोकी, भिम बहादुर वस्नेत, देवेन्द्र खड्का, रमेश कुमार थापा, नर बहादुर पोखरेल, सन्त कुमार कार्की, गीता पाठक, जानुका बाँस्कोटा, बिजय बराल, रुद्र प्रसाद तिम्सिना, चन्द्र थापा, प्रेम कुंँवर र गोपाल गिरी रहेका छन ।
थापाको प्रमुख आतिथ्यता रहेको अधिवेशनमा केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेश गिरी, लक्ष्मी प्रसाद संग्रौला, बासुदेव भट्टराई, जिल्ला अध्यक्ष अम्बर बहादुर बिष्ट लगायतको विशेष आतिथ्य रहेको थियो ।