दमक/ दमक ४ का २३ बर्षिय सुमन धिमाल लागूऔषधसहित भद्रपुरबाट पक्राउ परेका छन । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी ईटहरी २ का २५ बर्षीय अमृत मंग्रान्तीलाई बिराटनगर १६ दरैया बाट एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको छ ।