दमक/ पेट्रोलियम डिलर्स एशोसिएशनको केन्द्रिय महाधिवेशनमा झापाका युवा व्यवसायी तथा मेची पेट्रोलियम डिलर्स एशोसिएशनका वरिष्ठ उपाध्यक्ष भुपालराज कटुवालले उम्मेदवारी दिने भएका छन ।

काठमाडौंमा आज उदघाटन भएको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोली ( शनिबार) निर्वाचन कार्यक्रम हुँदैछ । भोलीनै मनोनयन दर्तादेखि मतदान सम्मका कार्यक्रम रहेको जनाइएको छ । कटुवाल मेची डिलर्स एशोसिएशनबाट सर्वसम्मत रुपमा केन्द्रिय सदस्य पदको उम्मेदवार रहने छन । अधिवेशनका लाग काठमाडौंमा रहेका युवा व्यवसायी कटुवालले निष्कर्ष न्यूजसंगको कुराकानीमा पेट्रोलियम ब्यवसायीहरुको साझा हितका लागि आफनो उम्मेदवारी रहने बताए ।
व्यवसायी संख्याका आधारमा मेचीबाट १४ वटा मत रहेका छन । केन्द्रिय नेतृत्वका लागि उम्मेदवारले देशभरका व्यवसायीहरुबाट मत लिनुपर्ने हुन्छ ।
को हुन कटुवाल ?
गौरादह १ का स्थायीबासिन्दा भुपालराज कटुवाल लामो समयदेखि झापाको औद्योगिक तथा व्यवसायीक क्षेत्रमा लगानीकर्ताका रुपमा परिचित छन । व्यवसायिक रुपमा आधा दर्जन बढी व्यवसायिक फर्महरु सञ्चालन गरि आएका कटुवालले निजी क्षेत्रका अतिरिक्त सामाजिक क्षेत्रमा पनि आफूलाई सशक्त रुपमा स्थापित गराएका छन । उनी गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समिति, विभिन्न मठ मन्दिर तथा धार्मिक क्षेत्रका साथै नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समिति सदस्य समेत हुन ।