दमक/   प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा भएका अलग अलग घटनामा तीन जनाको मृत्यु भएको छ । पाँचथर याङबरक गाउँपालिका वडा नं ३ ओयाम यलम्बर चौकमा भएको जिप दुर्घटनामा चालक फिदिम नगरपालिका २ पल्लोटारका ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको हो । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको हो । सोही गाडीमा सवार ठाउँका २२ बर्षीय आशिष राईको बिएण्डसी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी ओखलढुङगा खिजिदेम्बा–६ भित्तेका ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
त्यसैगरी सुनसरी भोक्रहा नरसिंह–४ मिलनचोकमा ५५ बर्षीय बेचन उराउको सिटि सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटीले बिपरित दिशाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटि र चालक भोक्रहा–१ का दिब नारायण मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments Box