दमक/ नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकको आयोजनामा सोमबार होली पर्व तथा नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।

कमल ५ स्थित निवनिर्मित रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टमा कार्यक्रम गरि युनियनले सो उत्सव मनाएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटा, उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्षद्धय कृष्ण हुमागाइँ र गोविन्दचन्द क्षेत्री, पत्रकार महासंघ १ नम्बर प्रदेश समिति सदस्य बिमल लामिछाने, पत्रकार मञ्च दमकका पूर्व अध्यक्ष विष्णु पोखरेल, गोपाल झापालीसहित जिल्लामा क्रियाशील पत्रकारहरु सहभागी भएका थिए । कार्यक्रमका वक्ताहरुले पत्रकार महासंघको आसन्न निर्वाचनमा सहमति, सहकार्य र एकताको भावना राखेर सर्वसम्मत नेतृत्व चयनमा जोड दिए ।

प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बाको अध्यक्षता र जिल्ला उपाध्यक्ष गिरिराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा आयोजक समितिका वेणुप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टका सञ्चालक तथा सामाजिक व्यक्तित्व रुद्र कार्कीले समयको मागलाई ध्यानमा राख्दै सहज र सुगमस्थलमा मनोरञ्जन दिलाउन र अन्यत्र जानुपर्ने बाध्यता हटाउन सो रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । करिब ५० करोड लागतमा झण्डै २ विगाहा क्षेत्रफलमा निर्माणाधिन सो रिसोर्ट नयाँ बर्षको सन्दर्भ पारेर औपचारिक सञ्चालनमा ल्याइने सञ्चालक कार्कीले जानकारी दिए ।