दमक/युवा संघ नेपालको अगुवाईमा दमक ४ को कृष्णमन्दिरमा सरसफाई तथा सौन्दर्यकरण गर्ने काम शुरु गरिएको छ ।
संघको अगुवाईमा आज ( शनिबार) बेतनी खोलाको पूलदेखि मावा सम्मका सडक किनारका रुख तथा विजुलीका पोलमा रंग लगाउने र चोक बजार क्षेत्र सरसफाई गर्ने क्रम शुरु गरिएको सो संघले जनाएको छ ।


सो कार्यक्रमको शुभारम्भका अवसरमा युवा संघ नेपालका केन्द्रिय सदस्य राम पौडेल, दमक ४ का निर्वाचित वडाध्यक्ष कुमार साम्सुहाङ, नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक समेत रहेका दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, बजार व्यवस्थापन समिति अध्यक्ष झसराज ढकाल, संघका वडा कमिटी अध्यक्ष राजन दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । होली पर्वलाई सिर्जनात्मक बनाउने उद्धेश्य समेत राखेर होलीको अवसरमा यो कार्यक्रम शुरुवात गरिएको जनाइएको छ । सो कार्यक्रमका लागि स्थानीय रुपक दाहाल, विवेकशर्मा भट्टराई , टेकनाथ दाहाल, कुशल श्रेष्ठ र दुर्गा दाहालले आवश्यक प्राइमर लगायतका सामाग्री सौजन्य गरेका संघले जनाएको छ ।

 

Facebook Comments Box