दमक/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बस र स्कुटर ठोक्किएर शनिबार भएको दुर्घटनामा स्कुटर चालक भरतपुर–६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्र्षीया छोरी विनिशा र चालक अधिकारीकी भतिजी दिविसाको ज्यान गएको हो । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना रहेका थिए ।