दमक/ केन्द्रमा नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको पुर्नगठन गर्ने क्रम शुरु भएको छ ।

जिल्लास्तरमा सो संगठनको नेतृत्वका लागि जसमाया गजमेरको अध्यक्षतामा र दमक नगरमा यमुना गौतमको अध्यक्षतामा कमिटी पुनर्गठन भएको हो ।
अनेमसंघ जिल्ला कमिटीको उपाध्यक्षमा पवित्रा पाठक र कमला आचार्य, सचिवमा लिला ढुंगेल ( दाहाल)ले जिम्मेवारी पाएका छन भने गौतमको अध्यक्षतामा बनेको दमक नगर कमिटी उपाध्यक्षमा रमा पोख्रेल, सचिबमा सीता कार्की , सहसचिवमा मुना सिग्देल र कोषाध्यक्षमा चन्द्रा काफ्ले रहेका छन । शनिबार दमकस्थित पार्टी कार्यालयमा संघकी केन्द्रिय सदस्य सुमित्रा भण्डारीको प्रमुख उपस्थिति र अध्यक्ष गौतमको अध्यक्षतामा भएको विस्तारित बैठकले दमक नगर कमिटी पुनर्गठन गरेको जिल्ला सचिव दाहालले जानकारी दिइन । नवनिर्मित कमिटीलाई प्रमुख अतिथी भण्डारीसहित दमक नगर उपप्रमुख गीता अधिकारी लगायतले शुभकामना दिएका थिए ।
नगर कमिटी हाल ६१ सदस्यीय रहेको छ । सो कमिटीलाई चाँडै ६५ सदस्यीय बनाइने सचिव दाहालले बताइन । पार्टीको सर्कुलर अनुसार सबै पालिका र वडाहरुमा समेत अनेमसंघको संगठन पुननिर्माण गरेर संगठनलाई चलायमान बनाइने अनेमसंघले जनाएको छ ।