दमक/ दमकसहित झापाका तीन स्थानमा आज भएका सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एक जना सहायक निरिक्षकसहित चार जना घाईते भएका छन । दमक ४ शान्तिमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा दक्षिण तर्फबाट बाटो क्रस गर्दै गरेको प्रदेश १–०१–००१ ह ८६८३ नम्बरको अटोमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–००२–४१प ५४०५ न.को मोटरसाइकल ठोक्किदा सशस्त्र प्रहरीका सहायक निरिक्षक कमल २ का प्रदिप अधिकारी घाईते भएका हुन । उनी सशस्त्र प्रहरी गण पाथीभरामा कार्यरत रहेका बताइएको छ । उनको दाहिने खुट्टन र हातमा चोट लागेको र दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी शिवसताक्षी १ कमलपुल स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र१–०२–०४०प ७२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी धरान २ का ३४ बर्षिय बालकुमार शंकर सामान्य घाईते भएका छन । त्यस्तै मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५६ बर्षिय बालकुमार श्रेष्ठ गम्भिर घाईते भएका छन । त्यस्तै अर्जुनधारा ६ कप्तानबारीस्थित पक्की सडक खण्डमा दक्षिणबाट उतर आउँदै गरेको ना १ ख १६५३ नम्बरको बसले साकलयात्री बिर्तामोड १ का २८ बर्षिय बिकास थापालाई ठक्कर दिँदा सामन्य घाइते भएका छन ।

Facebook Comments Box