दमक/ कांग्रेस नेता नवीन्द्रराज जोशीको आज निधन भएको छ । मस्तिष्कघात भएपछि लामो समयदेखि उपचाररत नेता जोशीको काठमाडौंस्थित नर्भिक अस्पतालमा शुक्रवार बेलुका निधन भएको हो । कांग्रेसका केन्द्रीयसमेत रहेका जोशी पूर्व उद्योग मन्त्री हुन । उनी २०७३ सालमा उद्योग मन्त्रीका रुपमा रहेका थिए ।
भरोसा योग्य नेता – पौडेल
नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जोशी अब हामी बीच रहनुभएन् । आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीति मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
