सुयोग खरेल, दमक जेसीज वर्ष २०२१ का अध्यक्ष हुन् । युवा व्यवसायी खरेल जेसीजसंगै विभिन्न सामाजिक क्षेत्रमा संलग्न छन् ।
आफनो कार्यकाललाई दमक जेसीजकै इतिहासमा नयाँपन दिने उनको सोच छ । जेसीजलाई संस्थागतसंगै समुदाय केन्द्रीत गतिविधिहरुमा जोड दिने उनको योजना छ । त्यसैअनुसार उनले विभिन्न कार्यक्रमलाई तिव्रता दिएका छन् ।
बुवा तुलसी प्रसाद खरेल ,आमा सुष्मा वस्तीका सुपुत्र ३६ बर्षिय खरेलले वाणिज्य शास्त्रमा स्नातक गरेका छन् । भेटेरिनरी व्यवसाय गरि आएका उनले जेसीजको राष्ट्रिय महाधिबेशनमा प्रतिनिधित्व गर्नुका साथैं भेटेरिनेरी संघका पूर्व केन्द्रीय सदस्य व्यवसायिक योगदानमा समेत दिएका छन् ।
उनले इण्डोनेशिया , थाइल्याण्ड , सिंगापुर, संयुक्त अरब इमिरेट्स , चिन,भुटान, मलेसिया लगायतका देशहरुको भ्रमण गरिसकेका उनको दमककै एक पूरानो भेटेरिनरी औषधिको थोक विक्रेता खरेल भेटेरिनरी स्टोर्स सञ्चालन गरिआएका छन् । जेसीज बाहेक लायन्स क्लव ,किवानीज क्लवको संस्थापक सदस्य , जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका आजीवन सदस्यमा आवद्ध भई समाजमा योगदान दिदै आएका छन् ।
प्रस्तुत छ , उनै अध्यक्ष खरेलसंग जेसीजको सेरोफेरोमा गरिएको कुराकानीको निष्कर्ष

जेसीज कस्तो संस्था हो , यसले के गरिआएको छ ?
जेसीज युवा उद्दमीहरुको विश्व व्यापी सङ्गठन हो, यसले नेतृत्व , व्यक्तित्व विकास सँगै समाज र उद्यमशीलताको क्षेत्रमा रहेका सम्भावना र अवसरको खोजी गर्दै त्यस माथि छलफल ,तालिम,गोष्ठी लगायतका माध्यमबाट सिक्ने सिकाउने कार्य गर्दछ।
दमक जेसीजको अहिलेको अवस्था चाहिं कस्तो छ ?
४० वर्षको इतिहास भएको संस्थाले यस क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सामाजिक राजनीतिक र उद्यमशीलताको क्षेत्रमा नेतृत्वको लागि अवसर जुटाएको छ । आफैमा राष्ट्रिय नेतृत्व प्राप्त गरिसकेको छ । आबद्ध सदस्यहरुलाई विभिन्न तालिम र अवसर को मौका दिएको छ । समाजमा सहज र फरक तरिकाबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण हरु प्रस्तुत गरेको छ । सामाजिक व्यवसायिक साहित्यिक लगायतका व्यक्तित्वलाई आम मानिससंग जोड्ने कार्य गर्ने गरेको छ ।
४० बर्ष मुनिका युवाहरुको नेतुृत्वदायी संस्थामा किन धेरै युवाहरु समेट्न सकिएका छ्रैनन् नि ?
नेतृत्वको लागि इस्छुक र संस्थामा आबद्ध हुन चाहने सबैलाई खुल्ला नै छ,यस संस्थाले संख्यालाई भन्दा गुणस्तर र प्रभावकारीतालाई प्राथमिकतामा राखेको हुना ले सबै सदस्य भएर मात्र उदेश्यहरु प्राप्त गर्न सहज हुने भन्दा आबद्ध भएकाहरु बाट नै सबै संग जोडिने अवसर पनि सृजना गर्ने हुनाले धेरै सदस्य संख्या हुनु जरुरी देख्दिन । तर जेसीजको यो अभियानमा जोडिन ४० बर्ष मुनिका सबै युवालाई अवसरको ढोका खुल्ला छ ।
४, संस्थागत गतिविधिमा यो संस्था बढी खर्चिलो छ पनि भनिन्छ नि ?
त्यसो होइन, जेसीजको बिषयमा बुझाइमा कमी हो कि भन्ने लाग्छ । हरेक कार्यक्रमहरु समय व्यवस्थापन र कार्यक्रमको उद्देश्य अनुरुपका मूल विषय वस्तुलाई समेटेर कसरी प्रभावकारी हुन सक्छ भन्ने पूर्व तयारी तथा छल्फल गरी संस्थाको सामूहिक भावनाले कार्यक्रमहरु गरिन्छन, कार्यक्रम गर्दा श्रोत र साधनको उचित प्रयोग र अधिकतम उपलब्धि हासिल हुने गरी गरिने भएकाले पनि केहि खर्चिलो देखिए झै लगेता पनि हाम्रा अन्य संघसंस्थाहरुभन्दा पनि कम खर्चमा कार्यक्रम हुने गरेका र भएका छन् । यसमा कार्यक्रम पश्चात कार्यक्रमहरुको समीक्षा समेत हुने गरेको छ । र यो संस्थामा आबद्ध हुँदा प्रत्येक सदस्यले वार्षिक शुल्क वापत रु १,५०० मात्र बुझाइ सबै कार्यक्रममा सहभागी हुने गरेका छन् , तर विशेष कार्यक्रमहरु मा सामूहिक रूपमा योगदान पुरयाँउने गरिएको छ ।
दमक जेसीजले तपाइँको कार्यकाल एक बर्षमा के गर्ने योजना छ ?
सानो प्रयासले पनि ठूलो कार्य गर्नका लागि प्रेरणा दिन्छ भन्ने सोचले मेरो यो वर्ष को प्रकरण प्रेरणादायी परिवर्तन रहेको छ र हाम्रा हरेक अभियानले कुनै न कुनै रूपमा परिवर्तन का लागि सकारात्मक रूपले प्रेरित गरिरहेका हुन्छन्। जस्तै निजी विद्यालय हरु मा सेनिटारी प्याड वितरण, झट्ट हेर्दा यो कार्यक्रम सामान्य सेनेटरी प्याड वितरण मात्र देखियो होला तर छात्राहरुको मासिक धर्म ( महिनावारी मा विद्यालय छुट्ने छुटाउने असहज तथा लज्जाको अवस्था अनि स्वास्थ्य र सरसफाई को कुरा अनि सामाजिक क्षेत्रमा लुकाउने कुरालाई सहज रूपमा लिँदै यसको प्रयोग मार्फत संदेशमुलक कार्यक्रम हो। लगायत यसरी नै समाज मा सांकेतिक रूपमा हरेक कार्यक्रमहरु गर्दैरहेको र गर्दै जाने कुरा जानकारी गराउन चाहन्छु । र कार्यक्रम हरुको विस्तृत विवरण हाम्रो वार्षिक कार्ययोजना अन्टर्गत नै रहेका छन् भन्ने जानकारी गराउछु ।
ती सवै योजना पूरा गर्न सकिएला त ?
जेसीजले समय व्यवस्थापनको बारेमा सिकेको अनुसार हाम्रा कार्य योजनामा भएका कार्यक्रमहरु समय र परिस्थिति अनुसार सबै पूरा हुने छन् ।