दमक/मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा विराटनगर ३ का २० बर्षिय अजय सहनीको मृत्यु भएको हो । बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक सहनीको उपचारको क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Facebook Comments Box