इटहरी/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा लामो विरासत बोकेको कोइराला परिवार एक ठाउँमा उभिने भएका छन । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रममा डा. शेखर कोइराला, शंशाक कोइराला र सुजता कोइरालाले कोइराला परिवार १४ औं महाधिवेशनमा एक भएर जाने उदघोष गरेका हुन ।


पछिल्लो समय कोइराला परिवारबाट राजनीतिमा सक्रिय रहेका तीनै जना नेताहरुले एउटै मञ्चबाट त्यस्तो उदघोष गरेपछि कांग्रेस वृत्तमा त्यसले बहस बढाएको छ । तीनै जनाले आउँदो १४ औ महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र सभापतिको उम्मेदवार हुने पनि बताइसकेका छन ।  महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताए । उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए । शशांकले कोइराला परिवारबीच कुनै समस्या आउन नदिन भूमिका खेल्ने पनि प्रष्ट पारे ।
नेता शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजातालाई हेर्दै १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताएका थिए ।
१४ औं महाधिवेशनमा सभापतिको लागि तयारी गर्दै १३ औ महाधिवेशन पछि डाक्टर शेखर देश दौडाहामा छन । नेतृ सुजाता कोइरालाले कार्यकर्ताको भावना बमोजिम सहकार्य र सहमत्तिबाट अगाडी बढने बताइन ।

Facebook Comments Box