दमक/ प्रदेश एक अन्तर्गतका विभिन्न जिल्लामा बिहिबार थप दुई जनाको मृत्यु भएको छ । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार आज दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको हो ।
यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनामा मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजे पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५ सय मिटर तल झरेर दुर्घटना हुँदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस अघि झापाको शिवसताक्षी १ का किशोर कार्कीको दुर्घटनामा मृत्यु भएको थियो ।

Facebook Comments Box