दमक/ ईटहरी उपमहानगरपालिका–८ का यज्ञविक्रम ठकुरीलाई नक्कली सुनका गहना देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन । इटहरी ९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ बर्षीय जल्लाउदिन मियाँलाई प्रहरीले त्यस्तो आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाले ईटहरी ८ का ठकुरीलाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको आरोप छ । ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्कबिहिन भए संगै आफु ठगिएको थाहा पाएको ठकुरीले प्रहरीसंग बताएका छन । ईलाका प्रहरी कार्यालय ईटहरीमा उनले ठगी भएको सूचना दिएपछि खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

 

Facebook Comments Box