पाँचथर/ पाँचथरको फाल्गुनन्द–५ सुलुम्फीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते लिम्बुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पाँचथर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

Facebook Comments Box