दमक/ दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२ औं स्थापना दिवसका अवसरमा आज ( बुधबार) संस्थाको नवनिर्मित भवनको औपचारिक उदघाटनसंगै विभिन्न सामाजिक कार्यहरु गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अध्यक्ष कँडेलले छोटो समयमानै नेपालको सहकारी अभियान उचाईमा पुगेको बताए ।

दमक ६ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको सो सहकारीको भवन उदघाटनपछि सम्बोधन गर्दै उनले देशको ६४ बर्षे लामो सहकारी अभियान देशैभरि तीव्र रुपमा विस्तार हुदै गएको उनले बताए ।
देशको बिकास र समृद्धि अभियानमा सहकारीको संघसंस्थाहरुको योगदान विना संभव नहुने उल्लेख गर्दे अध्यक्ष कँडेलले भने , –‘ देशलाई चौतर्फी विकासमा लैजान पनि छरिएर रहेका सवै सहकारी क्षेत्रलाई हातेमालो गरि अघि बढ्न जरुरी छ । ’
२०४६ सालको राजनीतिक परिवर्तन पछि देशमा सहकारी क्षेत्र फ्रष्टयाँउदै गएको वताउदै उनले पछिल्ला समय झापा देशकै उत्कृष्ठ सहकारीको गन्तव्यका रुपमा विकास हुदैगएको समेत वताए ।


संस्थाले आफनो १२ औ स्थापना दिवसका अवसर पारेर नवनिर्मीत भवनको उद्घाटनसहित निशुल्क स्वास्थ्य परीक्षण ,रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक कमल घिमीरेले वताए । तीन तले सहकारीको सो व्यवसायिक भवनको लागत २ करोड ५१ लाख रहेको उनले वताए । गत असारमा नयाँ भवनबाट कार्यालय सञ्चालनमा रहेको थियो ।
त्यस अवसरमा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य तथा कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले बताए ।
त्यस्तै संस्थाले आफना सदस्यका लागि कारोवारमा सहज पुरयाँउन मोवाईल बैकिंङ समेत शुरुवात गरेको उनले वताए । मोवाईल बैकिङ सेवाको शुरुवात कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए । सहकारीका अध्यक्ष रबि केसीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल, दमक नगर प्रमुख रोमनाथ ओली लगायतका सहकारी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यस्तै ,सहकारीले मंगलवारदेखि जिल्लाको शिवसताक्षीस्थित झिलझिले र पूर्वी मोरङको उर्लावारीमा एकैसाथ सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।
बचतकर्तासहित कर्मचारीहरु सम्मानित
संस्थाले बालबचत तर्फ पाँच जना बचतकर्तासहित उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । जसअन्तर्गत बाल बचतमा युन्छोहाङ आङदेम्बे, आदेश दाहाल, संमकल्प घिमीरे,अंकित अग्रवाल, प्रकृति सिलवाल तथा विभिन्न विद्यामा उत्कृष्ठ कारोवार गर्ने ३० जना सदस्यलाई सम्मान गरियो । त्यस्तै उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया राई, हिरोअफ द स्वर्णलक्ष्मीवाट लेखा सहायक अधिकृत गायत्रा ढकाल र कर्मचारीतर्फ इस्कोर अफ द फ्रष्टरनर अपवाट विनोद घिमीरे, सेकेन्ड रनरअप गणेश भट्टराई, स्कोरर अफ दि यरवाट कल गड्तौला नगद,प्रमाणपत्रसहित पुरस्कृत भए ।
१४८ जनाको स्वास्थ्य परीक्षण
संस्थाले स्थापना दिवसका अवसरमा विभिन्न स्वास्थ्य संस्थाहरुको समन्वयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा १४८ जनाको परीक्षण गरिएको छ । व्यवस्थापक घिमीरेका अनुसार आखाँतर्फ ९८ जना,दन्ततर्फ ३० जना र २० जनाले फिजिसियन चिकित्सकवाट सेवा पाएका थिए । त्यस्तै, त्यस अवसरमा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको थियो ।


१ अर्व १३ करोड कारोवार पुग्यो
सहकारीले फागुन मसान्तसम्म कुल कारोवार १ अर्व १३ करोड बढी पुरयाँएको छ ।त्यस अवधिमा शेयर पूंजी ९ करोड बढी, बचत निक्षेप करिव ६३ करोड,ऋण ८० करोड बढी गर्न सफल भएको व्यवस्थापक घिमीरे जनाए । हालसम्म शेयर सदस्यको संख्या ५७९६ पुगेको छ ।

Facebook Comments Box