दमक/झापाको बाह्रदशी ७ डाँगीबारीमा पानी बोकेको ट्याङकरको ठक्करबाट घाईते भएकी स्थानीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार हिजो सोमबार डाँगिबारीस्थित उत्तर दक्षिण भित्रि कच्ची सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ७ प ४९४१ नम्बरको स्कुटरलाई बिपरित दिशाबाट आउँदै गरेको ना १ ख ९६२५ नम्बरको पानी ट्याङकरले ठक्कर दिदाँ घाईते भएका पती पत्नी मध्ये पत्नी कमला राजवंशीको उपचारका क्रममा आज मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका स्कुटर चालक उनका पति सुसिल राजवंशीको वीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

Facebook Comments Box