दमक/नेपाल राष्ट्रिय शिक्षक संगठन दमक नगर समितिको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । हिजो शनिबार सम्पन्न अधिवेशनले बालकुमार रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन गरेको जनाइएको छ । नगर समितिको महिला उपाध्यक्षमा खेमकुमारी घिमिरे, सचिवमा गंगाराम घिमिरे, सचिवमा ध्रुवराज खडका, सहसचिवमा कमला भट्टराई गौतम, कोषाध्यक्षमा बलराम वस्ती र सह कोषाध्यक्षमा बन्दना भट्टराई निर्वाचित भएका छन ।
नगर सदस्यहरुमा भोजराज घिमिरे, वीर बहादुर लावती, धर्मसुन्दर भट्टराई, उमेश अधिकारी, टिकाराम पोखरेल, अञ्जु अर्याल, कमल तामाङ, लेखनाथ लुइँटेल, योगेन्द्र आचार्य, भवानी प्रसाद काफले, सन्तोषी कुमारी पोखरेल, बिमला मिश्र, मिना कुमारी खनाल र बुद्धि कुमारी गुरुङ चयन भएका जनाइएको छ । संगठनका केन्द्रिय सदस्य नारायण प्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा १ नम्बर प्रदेश कमिटी सचिव रघुनाथ मिश्र, दमक नगर उपप्रमुख गीता अधिकारी, संगठनका जिल्ला उपाध्यक्ष द्रोण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।