दमक/दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नगदरहित कारोबार गर्न सकिने सुविधा प्रदान गरेको छ । संस्थाले मोवाइलबाटै कारोबार गर्न सकिने ( फोन पे सहित) क्यू आर कोड निशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको हो ।

 

सो संस्थाको क्यू आर कोडमा नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल एपबाट स्क्यान गरि सामान खरिद गर्न सकिने सो संस्थाले जनाएको छ । त्यस किसिमको सुविधा ल्याउने सहकारीहरु मध्ये सूर्यदर्शननै पहिलो भएको दाबी संस्थाले गरेको छ ।

आज ( शनिबार) संस्थाको दमक ६ स्थित कार्यालयमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले संस्थाका सदस्यद्धय ६९ ब्राण्डेड वेयरका प्रोप्राइटर प्रेमकुमार गिरी र कलर्स वेयरका प्रोप्राइटर गोविन्द सेनेहाङलाई सो क्यू आर कोड हस्तान्तरण गरेर सोको शुभारम्भ गरे । प्रवन्ध निर्देशक भण्डारीका अनुसार संस्थाका सबै बजार प्रतिनिधिहरु मार्फत पहिलो चरणमा ३५० व्यापारिक स्थलमा संस्थाका सदस्यहरुलाई सो क्यू आर कोड प्रदान गरिनेछ । साथै संस्थाले मोवाइल बैंकिङ सेवाको प्रयोग गरी हाल विजुली, पानी, मोवाइलको रिचार्ज, इन्टरनेट, टेलिभिजन केवलको बिल तिर्न सकिने सुविधा यस अघिदेखिनै उपलब्ध गराउँदै आएको छ । त्यस्तै बैंकमा रकम ट्रान्सफर, कार्डलेस एटिएम, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इसेवा, खल्ती, आइएमइ, प्रभु पे लोड, हवाई टिकट खरिद, ट्राफिक प्रहरीद्धारा असुल गरिने जरिवाना, मेरो शेयर÷डिम्याट शुल्क भुक्तानीको पनि सुविधा सञ्चालनमा रहेको जानकारी दिइएको छ । निकट भविष्यमा संस्थाल एटिएम सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरिएको प्रवन्ध निर्देशक भण्डारीले बताए ।

 

Facebook Comments Box