दमक/ झापाको दमकमा आज साँझ टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य चार जना घाईते भएका छन । दमकस्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ रतुवामाई ८ का २४ बर्षिय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई पश्चीमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार कोईरालाको मृत्यु भएको हो । टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि राजमार्ग उत्तर तर्फ चिया बगान छेवैको एउटा रुखमा समेत ठोक्किएको थियो ।
सोही मोटरसाईकलमा सवार रतुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गम्भिर घाईते भएका छन् । उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बि एण्ड सी अस्पताल विर्तामोड तर्फ लगिएको जनाइएको छ । त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्काे को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमकमा उपचार भईरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।