बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासंग शंकास्पद रुपमा भेट्टिएका छन् । शंकास्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुबैजनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सुराकी वडाअध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् । शंकास्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
“दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं । उनले थपे े,“अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन्, पार्टीको काम भएकोले संगै कोठामा बसेको भन्नेछ” । महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।