दमक/ धिमाल जातीको जातीय संस्था धिमाल जातीय विकास केन्द्र झापाको जिल्ला समिति फेरबदल गरिएको छ । जिल्ला अध्यक्ष बम बहादुर धिमालको अध्यक्षतामा आज दमकमा बसेको जिल्ला समितिको बैठकले यस अघि जिल्ला समितिमा रहेका कतिपय पदाधिकारी तथा सदस्यहरु केन्द्रीय समितिमा परेका कारण जिल्ला समितिमा आंशिक परिवर्तन गर्दै जिल्ला समितिलाई पूर्णता दिइएको हो ।

बैठकले बम बहादुर धिमालको अध्यक्षतामा रहेको जिल्ला समितिको उपाध्यक्षमा उमा धिमाल र सचिवमा मनितलाल धिमाललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा विजय धिमाल, मनिता धिमाल र सोमबहादुर धिमाललाई मनोनित गरिएको संस्थाले जनाएको छ । यस अघि झापा जिल्ला समितिको पदाधिकारी रहेका मणिराज धिमाल, नेत्रकुमारी धिमाल र दयाराम धिमाल सो संस्थाको केन्द्रिय समितिमा चुनिएका कारण रिक्त हुन आएका पदहरुमा र पदपूर्ति गर्नुका साथै सदस्यहरु मनोनित गरेर जिल्ला समितिलाई पूर्णता दिइएको हो ।